बाढीबाट प्रभावित मानिसहरूको गोपनीयता र व्यक्तिगत मर्यादा कसरी कायम राख्नुपर्छ
गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हजारौँ मानिस विस्थापित भएका छन्। तीमध्ये अधिकांश अहिले अस्थायी शिविरमा बस्दै आएका छन्।
त्यस्ता मानिसहरूको गोपनीयता तथा व्यक्तिगत मर्यादाको विषयप्रति असंवेदनशील देखिएका केही घटनाहरू सार्वजनिक भएका छन्।
त्यसपछि गोपनीयताको हकसम्बन्धी विषयमा संवेदनशील हुन समाज कल्याण मन्त्रालयले सूचना पनि जारी गरेको छ।
'बीबीसी हातेमालो'का लागि निरञ्जन राजवंशीले समाज कल्याण परिषद्अन्तर्गत रहेको योजना तथा कार्यक्रम विभागका निर्देशक सञ्जयकुमार मल्लिकसँग यस विषयमा कुराकानी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।