विपद्पछि मानव बेचबिखनको जोखिम उच्च, कसरी जोगिने र सचेत रहने
कुनै पनि विपद् आइपर्दा प्रभावित क्षेत्रका महिला तथा बालबालिका मानव बेचबिखनको उच्च जोखिममा पर्न सक्ने जानकारहरूले औँल्याएका छन्।
हालैको भोटेकोशी-त्रिशूली बाढीपश्चात् पनि प्रभावित जिल्लामा यसबारे विशेष सर्तकता अपनाउन अभियानकर्मीहरूले सुझाव दिएका छन्।
विपद्का बेला उत्पन्न हुने अस्तव्यस्तताको फाइदा उठाउँदै कसरी मानिसहरू जोखिममा पर्न सक्छन् र यसबारे कसरी सतर्कता रहनुपर्छ?
यस विषयमा 'बीबीसी हातेमालो'का लागि मनिका विश्वकर्माले जिल्ला प्रहरी कार्यालय नुवाकोटका नायब प्रहरी उपरीक्षक इकवाल हवारीसँग कुराकानी गरेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।