बाढीपीडित विद्यार्थीका लागि रु १ अर्बको छात्रवृत्ति : कसले पाउँछन् र कसरी वितरण हुन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीपीडित विद्यार्थीका लागि रु १ अर्बको छात्रवृत्ति : कसले पाउँछन् र कसरी वितरण हुन्छ
Published

गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमागरी हजारौँ विद्यार्थीहरू प्रभावित भए।

प्रभावित विद्यार्थीहरूलाई सहयोग उपलब्ध गराउन भन्दै निजी स्कूलहरूका पाँच भिन्न संस्थाहरूले १ अर्ब रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका थिए।

एक हजार विद्यार्थीलाई दिइने भनिएको उक्त छात्रवृत्तिलाई सरकारले 'सुनिश्चित भविष्य छात्रवृत्ति योजना' नाम दिएको छ।

त्यो छात्रवृत्ति कसरी वितरण गरिन्छ, कसले पाउँछन् र कहिलेबाट वितरण हुन्छ?

यो बुझ्न 'बीबीसी हातेमालो'का लागि सागर बुढाथोकीले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान)का महासचिव रामहरि सिलवालसँग कुराकानी गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।