लाइभ, भोटेकोशी-त्रिशूली बाढी गएको आज नवौँ दिन, हराएका मानिसहरू खोज्ने प्रयास 'प्राथमिकतामा'

भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी गएको आज नवौँ दिन हो। सरकारी निकायहरूका अनुसार अहिलेसम्म १,२०० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ भने अझै ४,००० जनाभन्दा बढी मानिस सम्पर्कविहीन छन्।

सारांश

  • बाढीले निम्त्याएको विपत्तिमा नेपालमा १२ सय जनाभन्दा बढीको मृत्यु
  • चार हजार जनाभन्दा बढी अझै सम्पर्कविहीन
  • विभिन्न जलविद्युत् आयोजनाका सुरुङहरूसहित विभिन्न स्थानमा खोज तथा उद्धारकार्य 'प्राथमिकतामा'
  • कृष्णभीरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि एलपीजी आपूर्तिका लागि काठमाण्डू उपत्यकाबाहिर सिलिन्डर भर्न थालियो
  • सुरुङभित्र फसेको ठानिएका मानिसहरू कस्तोठाउँमा थिए?
  • रसुवा बाढीपछि हेलिकप्टर उद्धारमा नेपालमा हालसम्मकै 'ठूलो अपरेशन', पाइलटहरू कसरी गर्दै छन् काम?

लाइभ कभरेज

  1. उपत्यका बाहिरबाट एलपी ग्यास सिलिन्डर भर्न थालियो

    सरकारी स्वामित्वमा भएको साल्ट ट्रेडिङ कर्पोरेशनले वितरण गर्ने ग्यासका सिलिन्डर

    तस्बिर स्रोत, STC

    पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाण्डू उपत्यकाबाहिर खाना पकाउने ग्यास भरेर लैजान थालिएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    यसअघि नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिरग्यास भर्न अनुमति दिएको बताएका थिए।

    उपत्यका र छिमेकी जिल्लामा रहेका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उद्योगसँग समन्वय गरी भरेर उपत्यका लैजान थालेका बताइएको छ।

    उपत्यका र छिमेकी जिल्लामा कुल ग्यास खपतको ४० प्रतिशत खपत हुने उद्योगीहरूको भनाइ छ।

    ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो।

    यो पनि पढ्नुहोस्

  2. स्याफ्रुबेँसी अहिले यस्तो देखिन्छ

    भदौ १० गते तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीले रसुवासहित विभिन्न जिल्लामा ठूलो विनाश निम्त्यायो। रसुवाको स्याफ्रुबेँसी अतिप्रभावित क्षेत्रमध्ये एक हो।

    भोटेकोशी नदीको किनारमा रहेको स्याफ्रुबेँसी अहिले बगरमा परिणत भएको छ। हेर्नुहोस् केही तस्बिर।

    यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेँसीको बजार क्षेत्र

    तस्बिर स्रोत, RSS

    यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेँसीको बजार क्षेत्र

    तस्बिर स्रोत, RSS

    यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेँसीको बजार क्षेत्र

    तस्बिर स्रोत, RSS

    यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेँसीको बजार क्षेत्र

    तस्बिर स्रोत, RSS

    यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेँसीको बजार क्षेत्र

    तस्बिर स्रोत, RSS

    यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेँसीको बजार क्षेत्र

    तस्बिर स्रोत, RSS

  3. कुन जिल्लामा कति शव फेला परे

    आफन्त गुमाएका मानिशहरू शोकमा

    तस्बिर स्रोत, Reuters

    पछिल्लो तथ्याङ्कअनुसार बाढीमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या १,२२२ पुगेको छ।

    रसुवादेखि नवलपरासी पश्चिमसम्म शवहरू फेला परेको खोजी तथा उद्धारमा संलग्न निकायहरूले जनाएका छन्। केही शव नारायणी नदीमा बगेर भारत पनि पुगेका छन्।

    • रसुवा – ११५
    • नुवाकोट – १५५
    • धादिङ – ६०
    • गोरखा – ६९
    • नवलपरासी पूर्व – २१७
    • नवलपरासी पश्चिम – २०२
    • तनहुँ – ३८
    • चितवन – ३४८
  4. झन्डै १२ हजार जनाको उद्धार, हराइरहेकाको खोजी 'प्राथमिकतामा'

    हराइरहेका आफन्तबारे जानकारी र फोटो टाँस्दै

    तस्बिर स्रोत, Reuters

    भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढीको एक आठ दिन पुग्दा बुधवार साँझसम्म ११,९९३ जनाको उद्धार गरिएको सरकारी निकायहरूले बताएका छन्।

    हिजो बेलुकाको तथ्याङ्कअनुसार ४,२१६ जना अझै सम्पर्कविहीन छन्।

    सम्पर्कविहीनको खोजी प्राथमिकताका साथ जारी रहेको अधिकारीहरूले बताएका छन्।

    रासससँग राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१,३१४ सुरक्षाकर्मी परिचालन गरिएको बताएकी छन्।

    नेपाल प्रहरीका ७,९१२, सशस्त्र प्रहरी बल नेपालका ४,२०३ र नेपाली सेनाका ९,१९९ सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्।

    सुरक्षाकर्मीले नदी किनार, बाढीबाट प्रभावित बस्ती, सडक तथा पहिरो गएका क्षेत्रमा खोजी गरिरहेका छन् ।

    प्राधिकरणका अनुसार बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन्।

    भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाबाट करिब ८६५ जना सम्पर्कविहीन छन्।

    जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङ्टाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारन्टीन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा मातहतका कर्मचारी ३२ तथा निजी विद्यालयका एक जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।

    सेनाले हालसम्म ४,०९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको बताइएको छ।

  5. लाइभ पेजमा यहाँलाई स्वागत छ

    नमस्कार। बीबीसी नेपाली सेवाको लाइभ पेजमा यहाँलाई स्वागत छ।

    भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको आज नवौँ दिन हो।

    आज हामी यो लाइभ पेजमा उक्त बाढीले पुर्‍याएको क्षति र त्यसपछि जारी उद्धार तथा राहतका प्रयासबारे भइरहेका गतिविधिबारे अप्डेट गर्ने छौँ।