आँधीबाट जोगिन सडकमा घस्रिँदै कारमुनि लुक्न गएको एउटा सील
आँधीबाट जोगिन सडकमा घस्रिँदै कारमुनि लुक्न गएको एउटा सील
Published
केही दिनअघि भीषण वर्षा र तीव गतिको हावाहुरीसहित वेल्समा 'स्टोर्म बूलो' बज्रिएपछि सीलहरू सडकमा घस्रिँदै कारमुनि वा अरू सुरक्षित ठाउँमा लुक्न पुगेका थिए।
जलक्रीडाका सामग्री बेच्ने एउटा पसलले पार्क गरिएका कारमुनि ओत लागेका ती समुद्री जीवको भिडिओ शेअर गरेको छ।
उक्त आँधीका कारण यूकेका विभिन्न भागमा विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै धनजनको क्षति पनि भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



