जोर्डनको गिर्जाघरमा अन्धाधुन्ध गोली प्रहार हुँदाको दृश्य

भिडिओ क्याप्शन सुरु हुँदैछ,
जोर्डनको गिर्जाघरमा अन्धाधुन्ध गोली प्रहार हुँदाको दृश्य
Published

जोर्डनको एउटा गिर्जाघरमा प्रवेश गरी बन्दुकधारीहरूले शुक्रवार आक्रमण गरेका छन्। अधिकारीहरूका अनुसार उक्त घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

जोर्डनको सरकारी प्रसारक अल-मम्लाकाले प्रसारण गरेको सीसीटीभी फुटेजमा आक्रमणकारीहरूले गोली चलाएको देखिन्छ।

कार चढेर आएका आक्रमणकारीहरू अन्धाधुन्ध गोली चलाएर भागेको बताइएको छ।

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले उक्त आक्रमणलाई "आतङ्कवादी कृत्य" भन्दै कडाभन्दा कडा सजाय दिइने बताएका बताएका छन्।

तर आक्रमण कसले कुन उद्देश्यले गराएको हो भन्ने खुलेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।