तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
BBC News, नेपाली - होमपेज
मुख्य समाचार
लाइभ, मृतकको सङ्ख्या ७८८, कृष्णभीरमा सडक कटानमा परेपछि सवारी आवागमन ठप्प
गत बुधवार आएको भोटेकोशी-त्रिशूली बाढीपछि थप शवहरू फेला परेका छन् भने सम्पर्कविहीनहरूको खोजीकार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।
'अर्को ठूलो बाढीको जोखिम घट्दो क्रममा रहेको' सरकारको विश्लेषण, आधार के के
गएको साताको हिमपहिरोपछि बनेको ठानिएका दुईवटा तालमध्ये एउटा फुटेको र त्यसको पानी बाहिरिएको भन्दै अधिकारीहरूले अर्को तालबाट विगतको जस्तो ठूलो बाढीको जोखिम नरहेको बताएका छन्। सो तालको चिनियाँ पक्षले निगरानी गरिरहेको छ।
बाढीका कारण नयाँ सङ्कट, देशका अन्य भागलाई काठमाण्डू जोड्ने पृथ्वी राजमार्गको हिस्सा कटान
सडक विभागका अधिकारीहरूले पुनर्निर्माणका लागि कैयौँ साता लाग्न सक्ने भन्दै वैकल्पिक मार्गहरू प्रयोग गर्नुपर्ने अवस्था आएको बताएका छन्।
बाढीपछि सम्पर्कविहीन आफन्तदेखि सामान खोज्न पुग्नेसम्मका केही तस्बिर
गत साता तिब्बत हुँदै आएको भोटेकोशी-त्रिशूली बाढीले निम्त्याएको नयाँ परिस्थिति झल्काउने केही प्रतिनिधिमूलक तस्बिरहरू
सुरुङमा अझै जीवित छन् भन्ने आशामा परिवार, उद्धारबारे सरकारको भनाइ के छ
जलविद्युत आयोजनामा काम गर्ने थुप्रै परिवारले आफ्नो आफन्त जलविद्युत आयोजनाको सुरुङमा बाँचेको अवस्थामा रहेको आशा लागेको र सरकारले छिट्टै उद्धार गरिदिए हुन्थ्यो भन्ने अपेक्षा रहेको बताएका छन्।
बाढीको जोखिम थाहा हुँदाहुँदै किन छन् नदीकिनारमा बाक्ला मानवबस्ती
अहिलेको विनाशकारी बाढीसँगै नदी किनारका कतिपय बस्तीको अवस्थितिबारे पुनर्विचार गर्नुपर्ने र त्यस्ता स्थानमा नयाँ भवन तथा संरचना निर्माण गर्दा हाल देखिएजस्ता प्राकृतिक चुनौतीलाई पनि गम्भीर रूपमा ध्यान दिनुपर्ने अवस्था दर्शाएको विश्लेषण हुन थालेको छ।
भोटेकोशी बाढीको पूर्वसूचनामा नेपाल चुकेको पाटो र अबको सुधारको बाटो
कतिपयले समयमै सर्वसाधारणले पूर्वसूचना पाउन सकेका भए अहिलेको भन्दा केही हदसम्म मानवीय क्षति कम हुन सक्थ्यो भनी तर्क गरिरहेका छन्। तर अधिकारीहरू के भन्छन्?
'आफन्तले खोज्दा भेटिने गरी' सामूहिक रूपमा शवहरू गाडिँदै
भोटेकोशी-त्रिशूली बाढीमा ज्यान गुमाएका र पहिचान नभएका शवहरू सामूहिक रूपमा गाड्ने क्रम चितवन र नवलपरासीमा सुरु गरिएको अधिकारीहरूले जनाएका छन्।
छिटै दाता सम्मेलन गर्न सकिने सम्भावनाका विषयमा सरकार परामर्शमा
भूकम्पपछिको पुर्ननिर्माणको नेतृत्व गरेका दुईजनाले सरकारले छिटै गर्ने सङ्केत गरेको दाता सम्मेलन र त्यसको प्राथमिकता बन्नुपर्ने विषयबारे बीबीसीसँग बोलेका छन्।
अनि यो पनि
चीनतर्फ भएको विध्वंसका फुटेज सार्वजनिक
राज्यसञ्चालित सञ्चारमाध्यमका अनुसार तिब्बततिर कम्तीमा ५५४ जना हराइरहेका छन् र सात जनाको मृत्यु भएको पुष्टि भएको छ।
रसुवा बाढीपछिको उद्धारमा उच्च चुनौती : 'भूकम्पका बेलाभन्दा निकै कठिन'
उद्धारकर्ताहरूले शुक्रवारसम्मै कठिन अवस्थामा रहेकाहरूको जीवितै उद्धार गरिएको बताउँदै आफूहरूले थप केही दिन त्यस्ता खोज तथा उद्धार प्रयास जारी राख्ने बताएका छन्।
बाढीपीडितलाई कसरी गर्ने सहयोग, आफैँले के गर्न मिल्छ के मिल्दैन
सरकारले बाढी पीडितका लागि राहत सामग्री तथा आर्थिक सहयोग गर्न चाहने व्यक्तिहरूलाई राहत लिएर आफूखुसी बाढी प्रभावित क्षेत्रमा नजान भनेको छ।
त्रिशूली बाढीको असर कम गर्न सकिने सम्भावना कति थियो
बुधवार अचानक आएको बाढीले निकै कम समयमा ठूलो क्षति पुर्याएको घटनाक्रममाझ विज्ञहरूले पूर्वसूचना प्रणालीमै परिवर्तन गर्नुपर्ने बताएका छन्।
मौसमसम्बन्धी पूर्व जानकारी दिने सूचना आदानप्रदानबारे चीनसँगको संयन्त्र कस्तो छ
नेपाल-चीन सिमानामा पर्ने स्थानमा प्राकृतिक प्रकोपका बेला दुई देशबीच सूचना आदानप्रदान हुन सके जनधनको क्षति न्यूनीकरण गर्न सकिने विज्ञहरूले औँल्याउँदै आएका छन्।
थप समाचार
विज्ञान तथा प्रविधि
'डीपफेक' कसरी जन्मियो? यो एआई प्रविधिका 'जन्मदाता' यसो भन्छन्
सफ्टवेअर इन्जिनिअर इअन गुड्फेलोले लेखेको कम्प्युटर कोडले डीपफेक प्रविधिको बीजारोपण गरेको मानिन्छ।
बेसारका फाइदासम्बन्धी दाबीहरू कति सत्य, कति भ्रम
खाने परिकारलाई मिठो बनाउनुका साथै विश्वकै प्राचीन र धेरै मन पराइएको बेसारको स्वास्थ्यलाई फाइदा चाहिँ के कति?
तिघ्रा ठूलो हुँदा के त्यसले तपाईँलाई धेरै बाँच्न मद्दत गर्छ?
बढ्दो प्रमाणहरूले तिघ्राको मोटाइ र लामो आयुमा सम्बन्ध भएको सुझाएको छ।
'छ वर्षमै मेरो महिनावारी भयो तर डाक्टरहरूले किन भन्ने थाहै पाएनन्'
प्रिकोशस प्यूबर्टीले बालबालिकामा यौवनावस्था सुरु भएका सङ्केतहरू सामान्य समयअगावै देखाउँछ र यो बालिकाहरूमा अझ बढी देखिएको छ।
शरीरबाहिर आन्द्रा भएको 'चमत्कारी' शिशुको उपचार गर्न आमाको गर्भाशयमै शल्यक्रिया
'ग्यास्ट्रोस्किसिस' नामक समस्यासँगै जन्मिन लागेका एक शिशुलाई सुरक्षित जन्माउन डाक्टरहरूले आमाको गर्भमै हुँदा शल्यक्रिया गरेका छन्।
बीबीसी विशेष
नेपाल-चीन सीमामा किन दोहोरिरहन्छन् विनाशकारी बाढीपहिरो
तीब्बती क्षेत्रमा थुप्रै हिमताल रहेका र नेपालतर्फका भिरालो भूभागतर्फ थुप्रै बस्तीहरू हुनाले हिमताल विस्फोटन र हिमपहिरोबाट हुने दुवै प्रकृतिका क्षति उक्त क्षेत्रले बेलाबखत बेहोर्ने गरेको छ।
तपाईँको दैनन्दिन तनाव कुन अवस्थामा मानसिक समस्यामा बदलिन्छ? त्यसबाट कसरी बच्ने?
'डिप्रेशन', 'एङ्जाइटी' र तनावको समस्यासँग जुझिरहेका व्यक्तिलाई कति बेला चिकित्सकीय सहायता चाहिन्छ र हामी सबैले हाम्रो मानसिक स्वास्थ्य ठिक राख्न के गर्न सक्छौँ? यी र यस्ता केही प्रश्नका जवाफ हामीले मनोवैज्ञानिक डा. कोमलप्रीत कौरबाट खोज्ने प्रयास गरेका छौँ।
'अग्निपथ'बारे भूपू भारतीय गोर्खा सैनिकले अब प्रधानमन्त्री बालेन शाहको 'साथ खोज्ने'
भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ नेपालको औपचारिक भ्रमण गरेर फर्किएपछि अवकाशप्राप्त भारतीय गोर्खा सैनिकका प्रतिनिधिहरूले आफूहरूले प्रधानमन्त्रीलाई सम्पर्क गर्ने सूत्र खोजिरहेको बताएका छन्।
कतै हामी गलत समयमा त खाइरहेका छैनौँ? खाने उचित समयतालिका कस्तो?
स्वस्थ खानपान भनेको हामीले के खान्छौँ भन्ने मात्रै नभई कहिले खान्छौँ भन्ने कुरा पनि हो। त्यसो भए कुन बेला कति खाने?
मदिराको सट्टा नियमित 'एङ्जाइटी'को औषधि खाँदै जेन जी, जोखिम कस्तो
विश्वभरि नै युवाहरूमा सामाजिक 'एङ्जाइटी'को दर बढिरहँदा उनीहरू चिकित्सकको परामर्शबिना नै आफैँ विभिन्न औषधिहरूको सेवन गरिरहेका छन्।