तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्पेनमा तीव्र गतिको रेल दुर्घटना, कम्तीमा ६८ जनाको मृत्यु
- Author, ग्याब्रिएला पोमरोय
- Published
- पढ्ने समय: ३ मिनेट
स्पेनको मध्य भागमा भएको तीव्र गतिको रेल दुर्घटनामा परी कम्तीमा ६८ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्।
मड्रिडबाट सभिलका लागि गुडेको रेल बुधवार बिहान अर्को रेलमा ठोक्किएको थियो। तीव्र गतिमा ठोक्किएपछि रेलका धेरै डिब्बाहरू लिकबाट तल खसेका थिए।
यातायात मन्त्रीले कम्प्युटरमा आएको समस्या र मानवीय त्रुटिका कारण दुर्घटना भएको बताए जुन युरोपको आधुनिक इतिहासको सबैभन्दा खराबमध्ये एक हो। यो स्पेनमा भएको १३ वर्ष यताको सबैभन्दा घातक रेल दुर्घटना हो।
दुर्घटनामा बाँच्न सफल यात्रुहरूले आफूहरू हावामा फ्याँकिएका, भग्नावशेषमा फसेका र बाहिर निस्किन झ्यालहरू फुटाइएको डरलाग्दो दृश्यहरू वर्णन गरे।
मड्रिडबाट १४० किलोमिटर दक्षिणमा रहेको मोरा र ओर्गाथ नगरपालिकाको बीचतिर बिहान करिब ९ बजे उक्त दुर्घटना भएको थियो।
निजी रेल सञ्चालक इर्योको यो रेलमा १४७ यात्रु सवार थिए र कम्प्युटरको खराबीका कारण लिकमा रोकिएको स्पेनका यातायात मन्त्री अस्कर पोएन्टेले बताए।
उनले समस्यापछि २४ घण्टा प्रणालीलाई केन्द्रले नियन्त्रण गर्ने बताए। तर कुनै पनि गति प्रतिबन्ध बिना रेलहरू फेरि चल्न निर्देशन दिने "अस्पष्ट" निर्णय गरेको बताए।
३९७ यात्रु बोकेको स्पेनको सरकारी रेलवे कम्पनी रेन्फेले सञ्चालन गरेको अर्को रेलले रेललाई पछाडिबाट ठक्कर दिएको इर्योले जनाएको छ।
रेन्फेबाट सञ्चालित रेलमा रहेका ६२ वर्षीय यात्रु साल्भाडोर अरिजाले दुर्घटनाको कारण निकै "निर्मम" भएको बताए।
यात्रुहरूले बाहिर निस्किनका लागि रेलका झ्यालहरू फुटाइरहेको दृश्यबारे बोल्दै उनले रोएटर्सलाई भने, "केही मानिसहरू सर्न सकेनन् किनभने उनीहरू सीटको बीचमा फसेका थिए।"
रेलको एउटा डिब्बामा आगो लागेको थियो र यात्रुहरूले फसेका मानिसहरू रोइरहेका र रगत बगिरहेको विनाशकारी दृश्यहरू व्याख्या गरे। केही भने भग्नावशेषमा पुरिएका थिए।
तस्बिरहरूमा रेलवेको लिकको लामो टुक्रा एउटा डिब्बाबाट छिरेको समेत देखिन्छ।
धेरै यात्रुहरूले आफूहरू स्तब्ध भएको बताएका थिए। एउटा स्थानीय टेलिभिजन स्टेशनलाई अन्तर्वार्ताको क्रममा एकजनाले भक्कानिँदै एक महिला आफ्नो हातमा मरेको बताए।
"उनी निकै चिसो भएकी थिइन् र एक्लै थिइन्," उनले भने। उक्त अन्तर्वार्ता लिने अन्तर्वार्ताकारसमेत रोएका थिए।
थुप्रै एम्बुलेन्सहरू घटनास्थलतर्फ पुगेका छन् र एउटा हेलिकोप्टरले धेरै घाइते भएकाहरूलाई अन्यत्र लगेको थियो।
बुधवारका लागि तय भएका थुप्रै चुनावी कार्यक्रमलाई त्यहाँका मुख्य राजनीतिक दलहरूले स्थगित गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।